झापा, असोज २९ । झापाको भद्रपुर नगरपालिका– ७ बासीलाल चोकमा शुक्रबार मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय अनिल राजवंशी रहेका छन्।
नम्बर नखुलेको मोटरसाइकलले हिजो बेलुका सवा ७ बजे साइकलमा सवार उनलाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका अनिलको उपचारका क्रममा बिएण्डसि अस्पताल बिर्तामोडमा मृत्यु भएको छ। मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्