दमक, असोज ३१ । पर्यटकीय तथा व्यावसायिक प्रयोजनका लागि नेपालमा नै पहिलो अग्लो दमक भ्यूटावरको १८ तलाको काम सम्पन्न भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत दमक नगरपालिका ३ स्थित दापगाछीमा अन्तर्राष्ट्रिय स्तरको करिव १०० मिटरभन्दा अग्लो २५ तल्लाको भ्यूटावर निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिर सडकखण्डबाट करिव २ किलोमिटर टाढा भ्यूटावर निर्माण गरिएकोे छ । कुल ५ बिगाह क्षेत्रफलमा बनेको दमक भ्यूटावर अन्तर्राष्ट्रिय स्तरको हुने जनाइएको छ । टावरको १८ तल्लासम्म पक्की संरचना बन्ने छ ।जसको काम सम्पन्न भएको छ । यसमाथि थप ७ तल्लाको स्टिलको संरचना बन्ने छ ।

भ्यूटावर निर्माण तथा रेखदेखको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर भुपेन्द्र यादवका अनुसार भ्यूटावर निर्माणको कामसँगै आन्तरिक एसी, बत्ती, केवुल, सिलिङ, वाइरिङको काम समेत एकैसाथ भइरहेको छ । ईन्जिनियर यादवका अनुसार भ्यूटावरको डिपिआर अनुसार मुख्य भवनमा अन्डरग्राउन्ड पार्किङसहित बिभिन्न आधुनिक सभ्यता सुहाउँदो आकर्षक साजसज्जाका साथ व्यवसाय सञ्चालन गरिने छ ।यहाँ आउने सर्वसाधारणका लागि २ सय ४० वटा सवारी क्षमतासहितको पार्किङस्थल रहेको छ । जसमध्ये ४० वटा चार पांग्रे र बाँकी २ सयमा मोटरसाइकल पार्किङ गर्न सकिने छ ।

टावरमा जसमा पहिलो तलादेखि चौथो तलासम्म बिभिन्न खुद्रा बिक्रीका भब्य पसल रहने छन् । त्यस्तै पाँचौ तलामा आधुनिक अन्तर्राष्ट्रिय स्तरको सेमिनार हल रहने छ । छैटौँदेखि आठौँ तलासम्म बैँक वित्तीय संस्थाका कार्यालय तथा ठुला थोक ब्यवसायको प्रयोजन रहने छ । यसरी नै टावरको नौँ तलादेखि ११ औँ तलासम्म आर्ट ग्यालरी एक्जिभिसन हललगायतको प्रयोजन रहने छ । १२ औँदेखि १५ औँ तलासम्म होटल, रेस्टुरेन्ट र वार सञ्चालन गरिने छ । १६औँ र १७आँै तलालाई भ्यूटेक (दृश्य अवलोकन) को रुपमा विकास गरिने जनाइएको छ ।

यसबाहेक बिभिन्न प्रकारका सपिङ कम्प्लेक्स, रेस्टुरेन्ट, भिआईपी कार्यालयलगायत हुनेछन् । दमक भ्यूटावर १० कठ्ठा क्षेत्रफलमा बनेकोे छ भने बाँकी क्षेत्रमा अन्य संरचना निर्माण गरिदैँछ ।
यावदका अनुसार भ्यूटावरबाहेक यहाँ बाल उद्यान र सर्वसाधारणका लागि घुम्न आकर्षक बगैँचासहितको पार्क निर्माण गरिदैँछ ।यहाँ मानिसले सबै तनाव बिर्सिएर केही सयम आनन्द लिनसक्ने परिकल्पना गरिएको छ । यो कम्पाउन्डभित्र एउटा पानीको फोहोरासहितको पानी पोखरी निर्माण गरिने छ । पोखरीको किनारमा वरिपरि आगन्तुकका लागि बस्ने बिश्रामस्थल र प्रतिक्षालय समेत निर्माण हुने छन् ।

भ्यूटावर निर्माणमा ठुलो भोल्टेजको बिद्युत आवश्यक पर्ने भएकाले ११ केभी क्षमता भएको ट्रान्सफर्मर जडान हुने दमकस्थित बिद्युत प्राधिकरणले जनाएको छ । तत्कालका लागि खानेपानी बोरिङ गरेर नै प्रयोग गरिएको निर्माण युनिटले जनाएको छ । खानेपानीको पाईप पु¥याउन समेत आवश्यक तयारी हुँदै गरेको व्यवस्थापकीय पक्षले जनाएको छ ।

नेपाल सरकारको तर्फबाट पहिलो अग्लो टावर निर्माण भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । भ्यूूटावरको १८ औँ तला निर्माण भइसक्दा सञ्चालन आउनुअघि नै यस क्षेत्रमा बिभिन्न स्थानबाट आउने पर्यटकको घुइचो लाग्न थालेको छ । दमक भ्युटावर नजिकै घर भएकी सकुन्तला दवाडी अब आफ्नो ठाउँ पनि परिवर्तन हुने भयो भन्नेमा आशावादी छिन् ।
भ्यूटावर निर्माणका लागि काठमाडौको जेटसीजी आइजीसी आशिष ओम साईराम जेभीले १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा निर्माणको ठेक्का पाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्