झापा, असोज ३१ । झापा क्षेत्र नं ३ बाट डम्बरबहादुर गिरीले स्वतन्त्र उम्मेदवारी दिएसंगै विभिन्न जिम्मेवारी सम्हालेका नेकपा एमालेका युवा तथा विद्यार्थी संगठनका चार जना नेतृत्वले पार्टी परित्याग गरी स्वतन्त्र बस्ने घोषणा गरेका छन् ।

राप्रपासंग तालमेल गरी झापा क्षेत्र नं ३ बाट राजेन्द्र लिङ्देनलाई एमालेले उम्मेदवार बनाएपछि उनीहरुले पनि असन्तुष्टि व्यक्त गरेका हुन् । पार्टीले फरक राजनीतिक आस्था र फरक विचार राख्ने राजनीतिक दल राप्रपासँगको निर्वाचनको तालमेल आफूहरुलाई स्वीकार्य नभएको र पार्टी कमिटी र पार्टी नेताहरूको केही हर्कतका कारण मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राप्रपाको लागि भोट माग्न र पार्टी तालमेलले तय गरेको चुनावी कार्यक्रमहरुमा सहभागी हुन नसक्ने जनाउँदै उनीहरुले अलग राजनीतिक दललाई स्थापित गर्न नसक्ने र आफू र आफ्ना कार्यकर्ताहरुलाई सदाका लागि विस्थापित पार्न नसक्ने भएकाले पार्टी छोडेको विज्ञप्तिमार्फत जनाएका छन् ।

एमाले परित्याग गर्नेहरुमा अनेरास्ववियु हल्दिवारी गाउँ कमिटी अध्यक्ष बिजय राई , गाउँ कमिटी सचिव अभिषेक खतिवडा , राष्ट्रिय युवा संघ हल्दिवारी गाउँ कमिटीका अध्यक्ष अनिल मेचे र सोही कमिटीका सचिव मनोज सुवेदी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्