बिर्तामोड , कात्तिक १ । बिर्तामोड नगर प्रहरीले जथाभावी फोहोर फाल्दै गरेको अवस्थामा मोटरसाईकल,स्कुटर र साईकल नियन्त्रणमा लिएको छ ।

बिर्तामोडको नयाँ बसपार्क पस्ने सडकनजिकै चिया बगान क्षेत्रमा सोमबार राति फोहोर फाल्दै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख किरण पाण्डेले जानकारी दिए ।

प्रहरीले प्रदेश १–०२–०४४ प ५५०४ नम्बरको यामाहा मोटरसाईकल, मे ११ प ५८९१ नम्बरको स्कुटर र साईकल नियन्त्रणमा लिएको हो । यहाँ जथाभावी फोहोर फाल्ने क्रम बढ्दै गएपछि नगर प्रहरीले २४ सै घण्टा गस्ती गर्दै आएको छ ।यस क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीको आयोजनामा सोमबार बिहान सरसफाई गरिएको थियो ।

नियन्त्रणमा लिएका सवारीसाधनलाई नगरपालिकाको कार्यालयमा राखिएको छ । नगरपालिकोले जथाभावी फोहोर फाल्न प्रयोग गरिएका साधन नियन्त्रणमा लिएर कानूनअनुसार कार्वाही गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्