एजेन्सी । भारतको प्रसिद्ध धार्मिकस्थल केदारनाथनजिकै हेलिकप्टर दुर्घटना भएको छ।

केदारनाथभन्दा दुई किलोमिटर पर गरुडचट्टीमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट अनिल सिंहसहित सवार सबै ७ जनाको मृत्यु भएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्। उक्त हेलिकोप्टरले केदारनाथबाट तीर्थयात्री बोकेर फटा हेलिप्याड जाँदै थियो। फटा केदारनाथबाट १८ किलोमिटरको दूरीमा रहेको छ। टेकअप भएको केही समयमै हेलिकोप्टर दुर्घटना भएको बताइन्छ।
खराब मौसम र बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइएको छ। हेलिकप्टर गुप्तकाशीबाट केदानरनाथतर्फ उडेको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर निजी कम्पनी आर्यन हेलीको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्