बिर्तामोड, कात्तिक २ । कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज क्षेत्र नं १ र ५ मा आयोजना हुने दुईवटा कार्यक्रममा सहभागी हुनेछन् ।

आज विहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी हुनेछन् ।

यसैगरी दिउँसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना गरिएको क्षेत्र नं ५ स्तरीय नेता तथा कार्यकर्ता सहभागी हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए ।

हिजो अध्यक्ष ओलीको स्वास्थ्यमा केही समयस्या आएपछि प्रेस चौतारी झापाले आयोजना गरेको कार्यक्रममा उनी सहभागी हुन सक्नुभएको थिएन । तर, आज स्वास्थ्य अवस्था ठिक भएकोले सबै कार्यक्रमहरु यथावत सञ्चालन हुने दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्