झापा , कात्तिक ६ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले आफ्नो नेतृत्वमा भएगरेका कामको विवरण सार्वजनिक गरेका छन् ।

गत पौष २८ गतेदेखि झापा प्रहरीको कमाण्ड सम्हालेका पोखरेलले ८ महिनाको अवधिमा भएगरेका कामको विवरण सार्वजनिक गरेका हुन् । जुन यसप्रकार रहेको छ ।

१.अवैध भन्सार छली तस्करी नियन्त्रणतर्फ:-९ वटा चारपाङ्ग्रे सवारीसाधन,९ जना मानिस, कस्मेटिक आइटम,किराना सामान,लत्ताकपडा,सवारीसाधनको पार्टसहरु,विद्युतीय पार्टसहरु,सुर्तिजन्य पदार्थ र पशु चौपायालगायत जम्मा रु.३,००,९९,९३३।– बराबरको चिजबस्तुहरु नियन्त्रणमा लिई आबश्यक कार्वाहीको लागि भन्सार बुझाइएको।

२.नदीजन्य पदार्थको अबैध उत्खनन् तथा ओसारपोसार नियन्त्रणतर्फ:- बिभिन्न मितिहरुमा ट्रक,टिपर,JCB र ट्याक्टरहरु गरी ६४ वटा सवारीसाधनहरु नियन्त्रणमा लिई रु.१४,३०,०००।- बराबरको जरिवाना असुल भएको।

३.वन तथा वन पैदावारकोअवैध कारोवार नियन्त्रणतर्फ:-बिभिन्न मितिहरुमा १५ वटा सवारीसाधन, ९ जना मानिस, ७८४ क्यु.फिट बिभिन्न जातको काठहरु  रु.२७,४०,८९६।– बराबरको बरामद गरी जरिवाना समेत असुल गरिएको।

४. CCTV जडानतर्फ:- प्रदेश सरकारको सहयोग तथा स्थानीय स्तरबाट समेत गरी झापा जिल्लाका बिभिन्न स्थानहरुमा बिभिन्न मितिमा थप ९४ वटा क्यामेराहरु जडान गरिएको। 

५.झापाको बिभिन्न स्थानबाट अवैध रुपमा ओसारपोसार भइरहेको बिभिन्न किसिमका पटका जन्य पदार्थहरु मूल्य रु.१५,२७,८००।-बराबरको नियन्त्रणमा लिई नष्ट गर्ने तयारी गरिएको।

६. बिभिन्न संघ सस्थाहरुसंग समेत समन्वय गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गतको १५७ वटा कार्यक्रमहरु गरिएको,स्थानीय तह निर्वाचन २०७९ शान्तिपुर्ण ढंगबाट सम्पन्न ,स्थानीय तह र बिभिन्न संघ सस्थाहरुसंग समन्वय गरी बाढीपीडित उद्दार तथा राहत वितरण लगायत कार्यक्रमहरु संचालन गरिएको।

  • अपराध अनुसन्धानतर्फको कार्यहरु :-
  • फैसला कार्यान्वयनतर्फ (फरार प्रतिबादी) पक्राउको विवरण :-
सि.नं.जम्मा पक्राउपुरुषमहिलाकैद असुलजरिवाना असुल
बर्षमहिनादिन
१३११२६१२२१६रु.८३,३३,२७२ ।-
  • लागूऔषध नियन्त्रणतर्फ विवरण :-
सि.नं.मुद्दा दर्ता संख्याफच्छौटबाँकीमानिस पक्राउफरारकै.
पुरुषमहिलापुरुषमहिला
१६८१६८ २२८१९ 
बरामद भएको लागूऔषधको परिमाण

Text Box: •	डाईजापाम :-४९५ एम्पुल
•	ब्राउन सुगर :- २ के.जि. ३ ग्राम ९९४ मि.ग्रा.
•	फेनारगन :- ६१६ एम्पुल
•	नाईट्रोसन :- १८१ चक्की
•	नाईट्राभेट :- ७७९ चक्की
•	ESKUF :- १९ बोतल
•	Spasmoproxivin :- ३५२ क्याप्सुल
•	गाजाँ :- ३३ के.जि. ३७४ ग्राम
•	चरेस :- ६ ग्राम २५० मिलिग्राम
•	Nitrazepam :- ३०० चकी

:-

  • Winspasmo Forte :-२१० चक्की
  • Spaspain :- १०८७ चकी
  • Tramadol :- १०३१ चक्की
  • Cholorpheniramine – ६ बोतल
  • Samplex –१६ क्याप्सुल
  • Magdom – १८चक्की
  • Altorex – ६ बोतल

केहि विशेष घटनाहरुको सफल अनुसन्धान:-

  • बिष्फोटक पदार्थसहित (हिमाल सुरक्षा परिषद) ९ जना  पक्राउ :-

मिति २०७८/१०/०९ गते बिर्तामोड वडा नं ४ स्थित पश्चिम बस स्टेण्डमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर र “हिमाल सुरक्षा परिषद” को नामको पर्चाहरु फेला परेको साथै मिति २०७८/१०/१३ गते दमक नगरपालिका वडा नं ५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद वस्तु प्रेसर कुकर  र हिमाल सुरक्षा परिषदको नामका पर्चाहरु फेला परेको घटना पश्चात अनुसन्धान गर्ने क्रममा उक्त गतिविधिमा संग्लग्न हिमाल सुरक्षा परिषदका ९ जना कार्यकर्ताहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता गरिएकोमा झापा जिल्ला अदालतबाट धरौटी खुल्दा ५ जना धरौटी राखी रिहा, ४ जना धरौटी राख्न नसकी कारागार चलान ।

  • कर्तब्य गरि बोरामा  हाली लाश फाल्ने ४ जना पक्राउ :-

मिति २०७९।०३।१२ गते जिल्ला झापा अर्जुन्धारा न.पा.४ सहासी टोल स्थितमा रहेको पानी पैनिको कल्भर्टभित्र सेतो बोरामा मानिसको लास जस्तो शंकास्पद बस्तु रहेकोमा उक्त बोरा खोली हेर्दा तत्काल पहिचान नखुलेको हेर्दा अ.४०।४५ बर्षको जस्तो देखिने पुरुष मानिसको लाश फेला परेकोमा, अनुसन्धानपश्चात उक्त लाश देश ‍भारत ,19 Jayantilal Ni Chali,Bhargav Road, Kubernagar, Ahmedabad City, Ahmedabad, Gujarat-382340 बस्ने वर्ष अं ४० को Japadiya Naresh Kumar Babu bhai. को भनी पहिचान भएपश्चात अनुसन्धानको क्रममा घटनामा संलग्न जिल्ला झापा अर्जुनधारा न.पा.वडा नं.७ डाँडागाउँ बस्ने वर्ष ३२ की जानुका सुवेदी थापा, विनय भन्ने बृखबहादुर थापा र जिल्ला सुनसरी बराह क्षेत्र नगरपालिका वडा नं १० बस्ने वर्ष २५ को सुरेश परियारलाई तत्काल  पक्राउ गरिएको घट्नामा फरार जि.मोरङ सुन्दरहरैचा न.पा.वडा नं.६ बस्ने वर्ष अं.२० को शैलेस सापकोटालाई मिति २०७९।०३।२४ गते नियन्त्रणमा लिई कर्तब्य ज्यान मुद्दामा म्याद थप भइ अनुसन्धानपश्चात कारागार चलान भएको ।

  • आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी मार्ने श्रीमान पक्राउ :-

 मिति २०७९।०५।१० गते अं.२२:१० बजको समयमा जिल्ला झापा झापा गा.पा. वडा नं. ६ चन्द्रबस्ती बस्ने वर्ष ४० को नाइके हस्दा (सत्तार) ले मादक पदार्थ सेवन गरी आफ्नै घरमा निजकै श्रीमती वर्ष ३५ की तालामाई हस्दालाई कोखामा धारिलो हतियार प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको । हतियार प्रहार गर्ने निजलाईमिति २०७९।०५।११ गते बिहान ०८:०० बजे जिल्ला झापा कचनकवल गा.पा.वडा नं.१ को नेपाल भारत सिमाना नजिकबाट पक्राउ गरी आवस्यक अनुसन्धानपश्चात कारागार चलानभएको ।

  • कर्तव्य गरि मार्ने ३ जना पक्राउ :-

जिल्ला झापा अर्जुनधारा न.पा वडा नं ११ स्थित रहेको कान्तिपुर ड्राइभिङ सेन्टर अगाडिको प्लटिङ रहेको खाली जग्गाको उतरतर्फ जाने सडक बाटो किनारामा मिति २०७९।०६।१८ गते विहानको अं ०६:२५ बजेको समयमा मानिस मृत फेला परेको सम्बन्धमा अनुसन्धान गर्दा शंकास्पद व्यक्तिहरुलाई ऐ.२० गते पक्राउ गरी सोधपुछ गर्दा मिति २०७९।०६।१७ गते जिल्ला झापा अर्जुनधारा न.पा.वडा नं ११ स्थित ताप्लेजुङ इलाम होटलको पहिलो तलामा उक्त होटलका संचालक इन्द्र अधिकारी, होटलका स्टाफ अमृत आचार्य, मृतक नविन्द्र गुरुङ र अर्का एक जना मानिसहरु मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अबस्थामा पैसा हारजितको बिषयलाई लिएर विवाद उत्पन्न भई झै-झगडा हुँदा, होटल संचालक इन्द्र अधिकारी, होटलका स्टाफ अमृत आचार्य र अर्का फरार एक जना मानिस भई निज नविन्द्र गुरुङलाई मसला पिस्न प्रयोग हुने ढुङगाको लोहोरो र चक्कु समेतको प्रयोग गरी टाउकोको पछाडि पट्टिको भागमा पटक पटक र नाकमा समेत प्रहार गरी गम्भीर घाइते बनाई सोही राति घटना ढाकछोप गर्ने मनसायले उक्त होटलवाट निज अचेत अबस्थाका नविन्द्र गुरुङलाई होटल संचालक इन्द्र अधिकारी र होटलका स्टाफ अमृत आचार्यले बोकेर  अं १५० मिटर टाढा ऐ अर्जुनधारा न.पा वडा नं ११ स्थित रहेको कान्तिपुर ड्राइभिङ सेन्टर अगाडिको प्लटिङ रहेको खाली जग्गाको उतरतर्फ जाने सडक बाटो किनारामा फालिदिएको खुल्न आएको हुँदा आबश्यक कानूनी प्रक्रिया पुरा गरि अनुसन्धानपश्चात निजहरु कारागार चलान भएको ।

  • बिभिन्न स्थानहरुबाट चोरी भएको मोटरसाइकलहरु नियन्त्रणमा लिई सवारी धनीलाई बुझाइएको:‍-
  • घटना:- मोटरसाइकल चोरी

वारदात मिति:- २०७८/११/२३ गते दिउँसो अ.१५:१५ बजेको समयमा

वारदात स्थान:- जिल्ला झापा बिर्तामोडस्थित एभरेष्ट बैंकको शाखा कार्यालयको कम्पाउण्डमा पार्किङ गरी राखेको लु.८३ प. ३५५४ NS200 पल्सर मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरी ई.प्र.का. अनारमनिमा ल्याई सोधपुछ गर्दा निज लगायत अन्य ५ जनाले बिभिन्न मिति र स्थानबाट जम्मा ७ वटा मोटरसाईकलहरु चोरि गरेको भनि खुलेको हुँदा पक्राउ गरी  चोरी कसुरमा आबश्यक अनुसन्धानपश्चात कारागार चलान भएको ।

  • घटना:- मोटरसाइकल चोरी

वारदात मिति:- २०७९।०२।१३ गते

वारदात स्थान:- झापाको बिभिन्न स्थान

संक्षिप्त विवरण: झापाको बिभिन्न स्थानवाट चोरी भएको ३ वटा मोटरसाइकलहरु र उक्त चोरी घटनामा संलग्न जिल्ला पाँचथर मिक्लाजुङ गा.पा.वडा नं.५ बस्ने बर्ष २१ को चन्द्रकुमार योङवा र ऐ.बस्ने बर्ष २० को सुरेन्द्र भन्ने जिवन कुरुवाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमक मार्फत चोरी कसुरमा अनुसन्धान गरी कारागार कार्यालय झापा पठाइएको ।

  • घटना:- मोटरसाइकल चोरी

वारदात मिति:- २०७९।०२।१८ गते

वारदात स्थान:- झापाको बिभिन्न स्थान

संक्षिप्त विवरण: झापाको बिभिन्न स्थानवाट चोरी भएको १२ वटा मोटरसाइकलहरु र चोरी घटनामा संलग्न जिल्ला सप्तरी टिकुली नगरपालिका वडा नं ५ घर वताउने वर्ष २७ को करण महमद समेत ९ जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापा मार्फत चोरी कसुरमा अनुसन्धान गरी कारागार कार्यालय झापा पठाइएको ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्