बरतलाल राजवंशी ,
कुमरखोद । झापा गाउँपालिकामा आइतवारदेखि शुरु भएको खुल्ला नकआउट फुटवल प्रतियोगिताको उदघाटन खेलमा आयोजक विजयी भएको छ ।

आयोजक टीम र सयपत्री एफसी कमल गाउँपालिकाबीच भएको खेलमा २– ० को गोल अन्तरले हराउँदै आयोजक टीम विजयी भएको हो । आयोजकका तर्फबाट पहिलो गोल प्रविण थेवेले गरेका थिए भने दोस्रो हाफमा आयोजककै भीम मगरले अर्को गोल गरेपछि आयोजक विजयी बनेको हो ।
झापा गाउँपालिका वडा नं. २ मा रहेको जोरमाई युवा क्लव सडकवारीको आयोजनामा जुडो प्राथमिक विद्यालयको खेलमैदानमा कात्तिक १३ गतेसम्म फुटबल प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगितामा आयोजकसहित ८ वटा टीमले भाग लिएका छन् ।

प्रतियोगितामा आयोजक , सयपत्री एफसी , अल ईन वान सैनिकमोड , सुरुङ्गा युवा क्लव कन्काई , जलथल एफसी , शिवसतासी युवा क्लव दुधे , द हन्टर एफसी र डाँगीवारी एफसीको सहभागिता रहको छ ।
प्रतियोगितामा विजेता टिमलाई ६० हजार १११ नगद र उपविजेता टिमलाई ३५ हजार १११ नगद साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका कोषाध्यक्ष हेमकुमार राजवंशीले बताए । प्रतियोगितामा बेस्ट डिफेन्स , बेस्ट किपर , बेस्ट प्लेयर , उदीयमान खेलाडी र हाइस्कोरले समेत नगदसहित मेडल पाउने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्