झापा, कात्तिक ७ । हिन्दुहरुको महान चाड शुभदिपावलीको दोस्रो दिन कुकुर तिहारको अवसरमा आज बिर्तामोडमा सामुहिक कुकुर पुजा गरिएको छ ।

आदर्श ब्याङ्केट बिर्तामोडको प्रांगणमा एक कार्यक्रम गरि फुलमाला ,अबिर तथा खानेकुरा दिई सामुहिक कुकुर पुजन गरिएको हो।सुरुवाति कोठा नेपालको आयोजना ,रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको साझेदारी ,हाम्रो अभियान नेपालको सहकार्यमा कुकुर तिहार मनाइएको हो।
कृति भट्टराईले संचालन गरेको कार्यक्रममा पत्रकार उमाकान्त खनाल,बिर्तामोड नगरपालिका वडा नं ३ का वडा अध्यक्ष मदन बुढाथोकी,सामाजिक ब्यक्तित्व विवेक प्रसाई ,अभियन्ता सन्तोष घिमिरेलगायत कुकुर धनीहरुको उपस्थिति रहेको थियो ।पशु अभियन्ता रेखा दिदीले सडकमा आस्रित कुकुरहरुलाई अपहेलना नगरी स्याहार गर्न सबैलाई आग्रह गरिन् ।
भावी दिनमा संस्कृतिको जगेर्ना गर्न तथा सडकमा आस्रित कुकुरहरुको स्याहार गर्ने सन्देश प्रवाह गर्नु नै सो कार्यक्रमको मुख्य उद्धेश्य रहेको आयोजक संस्थाका सृजन अधिकारीले बताए ।रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले स्वागत गरेको कार्यक्रमको संयोजन आशिस तिम्सिनाले गरेका थिए ।कार्यक्रमको अध्यक्षता सुरुवाति कोठा नेपालका अध्यक्ष दिपक दासले गरेका थिए ।



