पथरी , कात्तिक ८ । पथरी शनिश्चरे –८ र कानेपोखरी गाउँपालिकाका बासिन्दालाई आवतजावतका लागि डाँस खोलामा हिउँदे पुल निर्माण गरिएको छ ।

हिउँदभरि यी दुई पालिकामा आवतजावत गर्न सहज होस् भन्ने अभिप्रायले मंगलबार दोहलु शुक्रबारे र कानेपोखरीको ऋषिदेब टोल जोड्ने डाँस खोलामा हिउँदे पुल बनाइएको हो । आज दिनभर स्थानीयबासीहरूले पुल निर्माणका लागि डाँस खोलामा श्रमदान गरेका थिए।

तिहारलगत्तै मंगलबारे (बिसबिघे) र कानेपोखरीको पिङ डाँडा जोड्ने स्थानमा पनि हिउँदे पुल बनाईने वडा नं ८ का वडाध्यक्ष नवीन कार्कीले बताए । सोही स्थानमा स्थायी पक्की पुल निर्माणको लागि पनि माथिल्लो निकायमा आबश्यक पहल भैरहेको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्