कुमरखोद, कार्तिक ९ । झापा गाउँपालिकामा आईतवारदेखि शुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको चौथो दिनको खेलमा डाँगीवारी एफसी टाइब्रेकरमा विजयी भएको छ ।

डाँगीवारी एफसी र दुधे एफसीबीच भएको खेलमा दुवै तर्फबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । शुरुमा डाँगीवारी एफसीका जर्सी नं ९ का खेलाडी रोशन राईले १ गोल गरेका थिए भने दोस्रो हाफमा दुधे एफसीका जर्सी नं ७ का खेलाडी निरज श्रेष्ठले १ गोल फर्काएपछि खेल बराबरी भएको थियो । टाईब्रेकरमा डाँगीवारी एफसीले ४ गोल गर्दा दुधे एफसी ३ गोल गर्दै पराजित हुन पुग्यो । आजको खेलमा डाँगीवारी एफसीका गोलकिप्पर बिसेक टुडू बेस्ट प्लेयर घोषित भए । अबको सेमिफाईनल खेलमा कात्र्तिक ११ गते अल ईन वान सैनिक र आयोजक टीमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
झापा गाउँपालिका वडा नं. २ मा रहेको जोरमाई युवा क्लव सडकवारीको आयोजनामा जोरमाईको खेलमैदानमा जारी प्रतियोगितामा आयोजकसहित ८ टीमले भाग लिएका छन् ।
प्रतियोगितामा आयोजक , सयपत्री एफसी , अल ईन वान सैनिकबजार , सुरुङ्गा युवा क्लव कन्काई , जलथल एफसी , शिवसतासी युवा क्लव दुधे , द हन्टर एफसी र डाँगीवारी एफसीले भाग लिएका छन् ।
प्रतियोगितामा विजेता टिमलाई ६० हजार १११ नगद र उपविजेता टिमलाई ३५ हजार १११ नगद साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका कोषाध्यक्ष हेमकुमार राजवंशीले बताएका छन् । प्रतियोगितामा बेस्ट डिफेन्स , बेस्ट किप्पर , बेस्ट प्लेयर , उदीयमान खेलाडी र हाईस्कोरले समेत नगदसहित मेडल पाउने भएका छन् ।