कुमरखोद, कात्तिक ११ । झापा गाउँपालिकामा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको पाँचौ दिनको खेलमा आयोजक टीम टाइब्रेकरमा विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

आयोजक र सैनिक एफसीबीच भएको खेलमा दुवै तर्फबाट १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा खेलाइएको थियो । निर्धारित समयमा सैनिक एफसीका जर्सी नं १७ का खेलाडी पाल्देन घलेले १९औं मिनेटमा १ गोल गरेका थिए भने दोस्रो हाफको ७ मिनेटमा आयोजक टीमका जर्सी नं १० का खेलाडी निरज श्रेष्ठले १ गोल फर्काएपछि खेल बराबरी भएको थियो । टाईब्रेकरमा आयोजक टीमले ५ गोल गर्दा सैनिक एफसी ३ गोल गर्दै पराजित हुन पुग्यो ।

शुक्रवारको खेलमा आयोजक टीमका दिनेश राई बेस्ट प्लेयर घोषित भए । अबको दोस्रो सेमिफाईनल खेलमा डाँगीवारी एफसी र जलथल एफसीबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष केवल लिम्बूले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्