झापा , कात्तिक १२ । कान्ताराले दिनहुँ नयाँ कीर्तिमान बनाइरहेका छन् ।

अब यो हालै केजीएफ च्याप्टर १ लाई उछिन्दै कन्नड उद्योगको दोस्रो सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । हालै फिल्मले विश्वभर २५० करोड भारुको कलेक्सन गरेको छ । कान्तारा अघि केजीएफ च्याप्टर १ र केजीएफ च्याप्टर २ ले मात्र २५० करोड भारु कमाएको थियो । अब समग्र आम्दानीको हिसाबले केजीएफ च्याप्टर २ मात्र कान्ताराभन्दा अगाडि छ । केजीएफ च्याप्टर २ को कीर्तिमान तोड्न लगभग असम्भव हुने भए पनि सानो बजेटको फिल्म भए पनि यति ठूलो कलेक्सन गर्नु आफैमा कीर्तिमान हो । ऋषभ शेट्टी स्टारर फिल्मले हालै २५० करोडको आँकडा पार गरेको छ , अहिले फिल्मको कुल कमाई लगभग २५१ करोड भारु पुगेको छ , जुन केजीएफ च्याप्टर १ भन्दा बढी हो। जब कान्तारा रिलिज भयो त्यतिबेला यसको कमाई निकै सुस्त थियो तर बिस्तारै फिल्म कमाईको हिसाबले अगाडि बढ्यो ।

आईएमडीबीमा उत्कृष्ट रेटिङ प्राप्त गर्ने सन्दर्भमा कान्तारा पहिलो साबित भएको छ । ईएमडीबीमा उत्कृष्ट रेटिङ प्राप्त गर्ने सर्वोत्कृष्ट भारतीय चलचित्र बनेको कान्ताराले यहाँ पनि कीर्तिमान बनाएको छ । यसअघि यो कीर्तिमान केजीएफ २ को नाममा थियो । कन्नड भाषामा फिल्मको दमदार प्रदर्शन देखेर फिल्मका निर्माताले अन्य भाषामा पनि रिलिज गरेका छन् । फिल्मले अहिलेसम्म हिन्दी भाषामा मात्रै ३१.७ करोड रुपैयाँ कमाएको छ , यो संख्या हालै रिलिज भएका धेरै हिन्दी फिल्मको कलेक्शनभन्दा बढी हो । हिन्दी बाहेक, यसलाई तमिल र तेलुगुमा पनि डब गरिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्