बिर्तामोड , कात्तिक १४ । बिर्तामोडको प्रसाईं मार्केटमा आज बिहान आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ ।

मार्केटको भुइँतलामा रहेको रोशन विष्टको माँ पाथिभरा भेराइटिज नामक ब्याग पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो ।

बिर्तामोड , भद्रपुर र मेचीनगरको दमकल, स्थानीय र प्रहरीको सहयोगमा बिहान सवा १० बजे लागेको आगो ११ बजेतिर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्