झापा , कात्तिक १४ । इलामका कानून व्यवसायी एवं अधिकारकर्मी बिरबहादुर खड्काको गएराति निधन भएको छ ।

उच्च अदालत ईलाम बारका पूर्व अध्यक्ष एवं मानव अधिकार मंच इलामका उपाध्यक्ष ४८ वर्षिय खड्काको राति १.३० बजे काठमाडौस्थित महाराजगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनलाई कलेजोको समस्या रहेको थियो । परिवारले कलेजो प्रत्यारोपण गर्ने तयारी गरिरहेका थिए । खड्काकी श्रमिती डिमला राई पनि अधिवक्ता हुन् । उनीहरुका एकजना छोरी रहेकी छन् ।