दमक, कात्तिक १४ । सिटी सफारी दुर्घटनामा परी दमक–५ का ४८ वर्षीय रणबहादुर खड्काको मृत्यु भएको छ ।

आइतबार बेलुकी ७ बजे मे१ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर चालक खड्का शिवसताक्षी– १ धरमपुरका कुशल लिम्बूको घरमा पुगेका थिए । सामान झार्ने क्रममा एक्कासि सिटी सफारी गुडेर सिटी चालक खड्कालाई किचेको थियो । सिटीले किचेर बेहोस भएका उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्