झापा , कात्तिक १५ । युभेन्ट्सका मिडफिल्डर पउल पोग्बाले फ्रान्सका लागि कतार विश्वकप गुमाउने भएका छन् ।


घुँडाको चोटबाट निको हुन अझै समय लाग्ने भएपछि उनले विश्वकपमा खेल्न नसक्ने भएका हुन् । पोग्बा अहिले घुँडाको शल्यक्रियापछि आराम गरिरहेका छन् । म्यानचेस्टर युनाइटेडबाट सिरी ‘ए’ क्लब आएयता २९ वर्षीय पोग्बाले यो सिजन खेलेका छैनन् । जुलाईमा उनी चोटग्रस्त भएका थिए र यसबाट मुक्त हुन शल्यक्रियाको बाटो रोजेको थिए । यसपल्टको विश्वकपमा फ्रान्सको पहिलो खेल अस्ट्रेलियाविरुद्ध नोभम्बर २२ मा रहेको छ । पोग्बाका एजेन्स राफेल पिमेन्टले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘पोग्बाको स्थितिबारे चिकित्सकीय निरीक्षणपछि उनलाई चोटबाट मुक्त हुन अझै समय लाग्ने निश्चित भएको छ । यस कारण उनले फ्रान्सका लागि कतारमा विश्वकप खेल्न सक्ने छैनन् ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्