झापा, कात्तिक १५ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानविरुद्ध हुन लागेको एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकमा मंगलबार प्रवेश कटुवाललाई नियुक्त गरेको छ ।

एन्फाका अध्यक्ष पंकज नेम्वाङले झापाका कटुवाललाई मंगलबार नियुक्ति पत्र दिएका हुन् । कटुवालको नेतृत्वमा मछिन्द्रले दुई पटक सहिद स्मारक लिग ‘ए’ डिभिजनको उपाधि जितेको छ । नेपालले पाकिस्तानविरुद्ध दशरथ रंगशालामा कात्तिक ३० मा मैत्रीपूर्ण खेल खेल्दैछ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । निलम्बन फुकुवायता नेपालविरुद्धको खेल नै पाकिस्तानको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुनेछ । फिफाले पाकिस्तानी टोलीलाई २ वर्षभन्दा लामो निलम्बनपछि एक महिनाअघि फुकुवा गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्