झापा, कात्तिक १७ । राजनीतिक दल र उम्मेदवारले आज बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्दैछन् ।

आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार आजदेखि मंसिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका हुन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह गरेका छन् । प्रचारप्रसारको दोस्रो चरणमा प्रवेशको अघिल्लो दिन हिजो आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आचारसंहिता नैतिक र कानुनी बन्धन भएकोले यसलाई सबैले पालना गर्नुपर्ने बताए । अहिलेसम्म ७१ व्यक्ति र संस्थालाई सोधिएको स्पष्टीकरणमा जवाफ आउने, तथ्य जुटाउने र अध्ययनको काम भइरहेको र कात्तिक २५ गतेभित्र निर्णयमा पुग्ने उनले बताए ।

यस्तै प्रमुख आयुक्त थपलियाले मंसिर ४ गते हुने चुनावका उम्मेदवारले मंसिर १९ गतेभित्र खर्च विवरण पेस गरिसक्नुपर्ने भन्दै त्यसको लेखा परीक्षणसमेत गर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्