झापा , कात्तिक १७ । विराटनगर-१२ का एक ३८ वर्षीय युवक स्थानीय ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर १२ का ३८ वर्षीय सजन कामत रहेका छन् । उनले घरमा कोही नभएको मौका छोपी बालिकालाई भाइटीकाको भोलिपल्ट कार्तिक ११ गते दिउँसो बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ । पक्राउ परेका कामत इलेक्ट्रिसियन मिस्त्री हुन् । पीडित बालिकाको बावु ज्याला मजदुरी काम गर्छन् । आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन् । बलात्कार आरोपमा पक्राउ परेका कामत अविवाहित हुन् । पीडित बालिकाले कामतले बलात्कार गरेको विषयमा छिमेकीलाई सुनाएकी थिइन् । त्यसपछि बलत्कारको घटना विराटनगर १२ मा रहेको प्रहरी चौकी बखरीमा पुगेको थियो । पीडित बालिकाका बावुले मोरङ प्रहरीमा १४ कार्तिकमा कामतविरूद्ध ‘जवरजस्ती करणी मुद्दा’ मा जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीले बुधबार कामतलाई मोरङ अदालतमा जवरजस्तीकरणी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको जनाएको छ । पीडित बालिकाको बुधबार विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्