झापा , कात्तिक १७ । यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार पहिलो खेल खेल्दैछ ।

बंगलादेशमा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । नेपाली टोली आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने योजनामा छ । यता पहिलो खेलमा बंगलादेशसँग ८-० अन्तरले पराजित भएको भुटान पनि आजको खेलमा जित निकाल्ने योजनामा हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५ मा खेल्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्