भद्रपुर,कात्तिक १८ । झापा सदरमुकामका सरकारी कार्यालय प्रवेश गर्ने सडक अतिक्रमण गरेर नियमविपरित व्यापार र पार्किङ गर्दा आवतजावतमा सेवाग्राहीले समस्या भोगिरहेका छन् ।

झापाको प्रमुख प्रशासकीय केन्द्र जिल्ला प्रशासन कार्यालयको मूल प्रवेशद्वारदेखि दक्षिणपट्टि सडकमा व्यापार र पार्किङ गर्दा आवतजावतमा सेवाग्राहीले समस्या भोग्नु परिरहेको हो ।
नो पार्किङ लेखिएको सडक किनारामा पार्किंङ गराएर शुल्क समेत असुल्ने गरेको पाइएको छ भने रिक्सा, ठेला र अस्थायी टहरामा विभिन्न परिकार बेच्नेको भीड समेत लाग्ने गरेको छ ।

सडकमा व्यापार गरिरहेका अधिकांश व्यापारी इजाजत नलिइकन कारोवार गरिरहेको बताउने गर्छन् भने उनीहरूको व्यापारका बारेमा कसैले सोधखोज समेत नगरेको भन्दै एक वर्षयता कारोवार गरिरहेको स्वीकार गर्छन् ।

यता झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने सडक व्यापार पूर्ण रूपमा बन्देज रहेको भन्दै नगरपालिकासित समन्वय गरी अविलम्ब हटाउने जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्