झापा ,कात्तिक १९ ।आदर्श स्कुल अफ म्यानेजमेन्टको आयोजना ,सुरुवाती कोठा नेपाल झापा तथा एनएमबी बैंकको सहकार्यमा विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

आदर्श कलेजकी एकाडेमिक कोर्डिनेटर विजया भण्डारीको अध्यक्षता ,तालिम संयोजक दीपक दासले संचालन गरेको कार्यशालामा बैक तथा वित्तीय संस्था ,बचत गर्ने बानी ,बैकको महत्व , बाल बचत ,आधुनिक बैकिङ प्रणाली आदिको बारेमा एनएमबी बैंक चन्द्रगढी शाखाका प्रमुख बिश्वास आचार्य तथा कर्मचारी आशिष तिम्सिनाले सहजीकरण गरेका थिए । कार्यशालामा एनएमबी बैंकका कर्मचारी सरोज अधिकारी ,दिब्या लुइटेल र कलेजका ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्