झापा(प्रस) । नेपालले यू–१५ वुमेन्स साफ च्याम्पियनसिपको शनिबार ढाकामा भएको खेलमा बंगलादेशलाई १–० ले हराएको छ ।

नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । यो जितपछि नेपालको प्रतियोगिताको उपाधि जित्ने सम्भावना बढेको छ ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो भने आयोजक बंगलादेशले पहिलो हार बेहोर्यो । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला वर्षाले ८७ औं मिनेटमा निर्णायक गोल गरिन् । यो जितले नेपालको दुई खेलबाट ६ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
बंगलादेश भने दुई खेलबाट ३ अंकमै सीमित रह्यो । प्रतियोगितामा सहभागी तेस्रो टिम भुटान भने आफूले खेलेको दुवै खेलमा पराजित रहेर शून्य अंकमा छ ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो । डबल राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा नेपालले अब फेरि एक÷एकपल्ट बंगलादेश र भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्