पथरीशनिश्चरे, कात्तिक २१ । डेढ वर्षअघि जवरजस्ती करणी कसुरमा १० बर्ष कैद सजाय ठहर भएका एक फरार प्रतिवादीलाई पथरी प्रहरीले पक्राउ गरेको छ ।

मोरङ जिल्ला अदालतबाट २०७७ चैत ६ गतेको फैसलाले जवरजस्ती करणी कसुर मुद्दामा १० वर्ष कैद सजाय ठहर भएका फरार प्रतिवादी पथरी शनिश्चरे नगरपालिका वडा नं. १० का ३८ वर्षिय विजय लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले गत १८ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागि मोरङ जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशपछि कैद भुक्तानको लागि मोरङ कारागार कार्यालय पठाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्