पथरीशनिश्चरे, कात्तिक २२ । ईलाका प्रहरी कार्यालय पथरीले जिल्ला अदालतबाट १ वर्षको कैद सजाय ठहर भइ फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

ईप्रका पथरीबाट खटिएको प्रहरी टोलीले जबरजस्ती करणी कसुर मुद्दामा एक वर्ष कैद ठहर भएका फरार प्रतिवादी पथरी शनिश्चरे – १० बस्ने ३४ वर्षिय सुरेन्द्र लिम्बूलाई मंगलबार पक्राउ गरी जिल्ला अदालत मोरङ पठाएको हो।
२०७७ चैत ६ गतेको फैसलाले जबरजस्ती करणी कसुर मुद्दामा १ वर्ष कैद ठहर भएका प्रतिवादी लिम्बूलाई फैसला कार्यान्वयनको लागि मोरङ जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेश अनुसार कैद भुक्तानको लागि मोरङ कारागार पठाईएको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।