झापा, कात्तिक २४ । बिर्तामोडमा मुख्य कार्यालय रहेको प्रदेश १ कै पहिलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंकले हिजो इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको छ । पछिल्लो समय रगतको चरम अभाव भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको बैंकका इटहरी शाखा प्रबन्धक कमल घिमिरेले बताए ।
अहिले बैंकले डिजिटल बैंकिङ, रेमिट्यान्स सेवा, लकर सेवालगायतका सुविधा उपलब्ध गराउँदै आएको बैंकका बिजनेस विभाग प्रमुख शिवकुमार गिरीले जानकारी दिए । बैंकले ४४ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।




