झापा , कात्तिक २६ । ताप्लेजुङमा सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षका धनबहादुर गुरुङ र ११ वर्षका उनका नाति इशान गुरुङ रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले जानकारी दिए।

उनका अनुसार फुङलिङ नगरपालिका- ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ हिँडेको १-००२-००३ ह ३९०० नम्बरको अटो दोखुको नाम्लेपाटीमाथि घ्याङ डाँडामा दुर्घटना भएको हो । डीएसपी राईका अनुसार गम्भीर घाइते भएका अटोचालक गंगाराम राईलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थलमा प्रहरी टोली पुगिसकेको र विस्तृत विवरण केहि समयपछि आउने उनले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्