झापा, कात्तिक २६ । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ।


आज राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

दार्चुलालगायत सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । डोटीमा भने भूकम्पको धक्का पछि स्थानीयको भागाभाग भएको छ ।

डोटीमा अहिले पनि सबै नागरिक सडकमै आगो बालेर बसेका छन् । अस्ति मङ्गलवार राति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ६ जनाको ज्यान गएपछि यहाँका नागरिक त्रासमा छन् । भूकम्पको क्षतिबारे भने थप जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्