झापा , कात्तिक २७ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना बुद्धशान्तिमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका वडा नं.१ घर भई हाल बुद्धशान्ति गाउँपालिका वडा नं.३ बस्ने ३१ वर्षिय मोहमद हुसेन रहेका छन् ।

गएराति ९ बजे बुद्धशान्ति वडा नं.३ बुद्ध टोलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले हुसेनलाई चेकजाँच गर्दा उनको साथबाट १०२ ग्राम ब्राउनसुगर फेला परेको थियो । पक्राउ गरी सोधपुछ गर्दा मेचीनगर नगरपालिका वडा नं.८ बस्ने विकास राजवंशीसहित भारतमा गई खरिद गरी ल्याएको भनी बताएपछि राजवंशीको घरकोठामा गई चेकजाँचगर्दा उनले कोठामा लुकाई छिपाइ राखेको थप २५ ग्राम २५० मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजु फेला परेको थियो । जम्मा १२७ ग्राम २५० मिलिग्राम ब्राउनसुगरसहित हुसेनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको र राजवंशी फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्