झापा , कात्तिक २७ । क्षितिज नाट्य प्रतिष्ठानको अगुवाइमा निर्माणाधीन अबस्थामा रहेको झापा नाटकघर निर्माण सहयोगार्थ नाटक मालिनी बिर्तामोडमा २८ सो मञ्चन गरिएको छ ।

कात्तिक १७ गतेबाट सुरु भएको नाटक मालिनी २६ गतेसम्म इन्द्रेणी ब्यांक्वेट बिर्तामोडमा मञ्चन गरिएको क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष , झापा नाटकघर निर्माण कार्यका अभियन्ता तथा परिकल्पनाकार रंगकर्मी माधब कल्पितले जानकारी दिएका छन् । रबिन्द्रनाथ टैगोरद्वारा करिव सय बर्षअघि लेखिएको नाटक मालिनी जेनियस मिडिया प्रा. लि. को आयोजनामा मञ्चन गरिएको जेनियस मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक निरज पोखरेलले जानकारी दिए । नौ दिनमा २८ सो मञ्चन गरिएको नाटकलाई झापाका ४० बढी विद्यालयका विद्यार्थी ,शिक्षक अभिभावक तथा आम नागरिक गरी १५ हजार बढीले हेरेको क्षितिज साहित्य विभागका सचिव साथै नाटक मञ्चन समितिका सचिव समेत रहेका ताराप्रकाश भट्टराईले जानकारी दिएका छन् ।

सुदिपजंग कार्कीद्वारा निर्देशित नाटक मालिनी क्षितिज संगीत साधना प्रतिष्ठानका सचिव सुजन शिवाकोटीको अध्यक्षतामा आयोजना गरिएको थियो । नाटकमा नाम्लो नाट्य समूह मोरङका कलाकारहरुले आफ्नो जिवन्त अभिनय प्रस्तुत गरेका थिए ।पछिल्लो समय दर्शकमा हराउँदै गएको रंग साहित्यप्रतिको मोहलाई जगाउँदै झापा नाटकघरलाई पूर्णता प्रदान गर्ने उद्देश्यले यो नाटक मञ्चन गरिएको क्षितिज संगीत साधना प्रतिष्ठानका महासचिव तथा नाटक मञ्चन समिति कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

नाटकलाई पूर्णता प्रदान गर्न समितिका उपाध्यक्ष मीरा प्रधान,सदस्यहरु लेखराज तामाङ,दिपक न्यौपाने र क्षितिज नाट्य प्रतिष्ठानका सबै बिभागीय समितिहरुको विशेष भूमिका रहेको थियो ।नाटक मञ्चनको खर्च कटाएर बचेको रकम नाटक घर निर्माणमा लगाइने आयोजक समिति अध्यक्ष सुजन शिवाकोटीले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्