झापा , कात्तिक २८ । धारिलो हतियार प्रयोग गरी आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नं.- ८ बस्ने २२ वर्षीय सुजन पाँचकोटी रहेका छन् । गत मंसिर २७ गते कल्पना पाँचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने ४२ वर्षीय काजी मोहरालाई घरायसी विवाद हुँदा उनको भान्जा सुजनले धारिलो हतियार (दाउ) ले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । घटनामा संलग्न सुजनलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रवक्ता एवं सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्