झापा, कात्तिक ३० । नेकपा एमालेले राप्रपालाई सहयोग गरेको झापा क्षेत्र नं ३ मा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलाको पक्षमा खुलेर लागेका छन् ।

प्रसाईं सिटौलाको पक्षमा खुलेसँगै एमालेको सहयोगमा उम्मेदवार बनेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि समस्या पर्ने देखिएको छ । प्रसाईंसँगै कचनकवलका शेर आलमले समेत सिटौलालाई चुनावमा सहयोग गर्ने बताएका छन् । आलम सिटौलाको पक्षमा खुलेपछि राप्रपाको गढ मानिएको कचनकवलमा समेत राप्रपालाई धक्का लाग्ने गठबन्धनका कार्यकर्ताहरुले दावी गरेका छन् ।एमालेका तर्फबाट झापा क्षेत्र नं ३ मा उठ्ने इच्छा राखेका प्रसाईले लिङ्देनका कारण उठ्न नपाएपछि विरुद्धमा उत्रिएका हुन् । उनले उम्मेदवारी मनोनयनको समयदेखि नै लिङ्देनको तीब्र आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्