झापा, मंसिर १ । पछिल्लो समय विश्वभरका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा तीन महिला रेफ्रीहरुले ट्रेन्ड गरिरहेका छन् ।

किनकि योपटक तीन महिला रेफ्रीले पहिलोपल्ट विश्वकपको खेल खेलाउँदै छन्। यसको अर्थ योपटक विश्वकप खेलाउने महिला रेफ्रीले नयाँ विश्व कीर्तिमान बनाउनेछन् । साथमा नयाँ इतिहास रच्नेछन् । तीन महिला रेफ्री हुन्, फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिता । विश्व फुटबल महासंघ फिफाले अहिलेसम्म ३६ रेफ्रीको सूची सार्वजानिक गर्दा तीन महिलाले स्थान बनाए । साथमा साहायक रेफ्रि तर्फ ६९ जनाको नामा समेटिँदा तीन महिला सहायक रेफ्री पनि छन् । सहायक महिला रेफ्री हुन्, ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिट । फिफाको रेफ्री कमिटीका प्रमुख हुन्, पियरलुइजी कोलिनाले लिङ्गका आधारमा हुने भेदभाव र चर्चाको अर्थ नरहने बताइन् । उनले छनोट गरिएका रेफ्रिहरु उम्दा भएर विश्वकपका लागि छानिएको बताइन् ।
३८ वर्षीय फ्रापार्ट लिग-वानको खेल खेलाइसकेकी छिन्। साथै महिला विश्वकपसमेत खेलाइसकेकी छिन्। फ्रापार्टपछि यामाशितापनि अनुभवि रेफ्रीकी रुपमा रहेकी छिन् । जापानी फुटबलमा उनले निकै राम्रो छवि बनाएकी छिन् । जापानमा पुरुष फुटबल खेलाइसकेकी छन् । सन् २०१९ को एसियन च्याम्पियन्समा उनले पुरुष फुटबलमा आफ्नो भुमिका निभाउँदै पहिलो महिलाको उपमासमेत पाइन् । अर्कोतर्फ ३४ वर्षीया मुकानसन्गापनि उतिकै क्षमता वान रहेकी छिन् । उनलाई विश्वकपमा बोलाउँदै गर्दा उनले गत जनवरीमा पुरुषको अफ्रिकी कप अफ नेसन्स खेलाएकी थिइन् । उनको खेलाउने शैलीको खुलेर प्रसंशा भयो। तर उनी सर्वाधिक युवा रेफ्री हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्