झापा ,मंसिर १ । अस्पतालबाटै फरार भएका मोरङ कारागारका एक कैदीलाई प्रहरीले आज साँझ पक्राउ गरेको छ ।

मोरङ विराटनगर महानगरपालिका ८ मा रहेको जिल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्धा शिर्षकमा कैद भुक्तान गरिरहेका कैदी झापाको साविक शरणामति गाविस ५ हाल झापा गाउँपालिका ५ बस्ने २८ वर्षिय राजकुमार हेमरम क्षयरोगको बिरामी भई बिराटनगरको क्षयरोग अस्पतालमा लागि उपचार गराईरहेको अवस्थामा गत असोज १५ गते बिहान ९ बजे अस्पतालबाटै फरार भएका थिए ।

उनलाई आज साँझ ५ः२० बजे प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोलीले उनकै घरमा लुकिछिपि बसिरहेको अवस्थामा प्रकाउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङतर्फ लैजाने आवश्यक समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्