झापा , मंसिर २ । पाहुना टोली यूएईले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत निणर्यक खेलमा नेपाललाई १७७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनायो । ३१ ओभर १ बलमा ९ विकेट गुमाएको अवस्थामा यूएईका लागि आयान खान र हर्जराथ बिलालले ८३ रनको साझेदारी गर्दै टिमको स्कोर १७६ पुगाए । यूएईका लागि आयन अल्फाज खानले रनको अर्धशतकीय पारी खेले । ६३ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए । त्यस्तै अलिसान सरुपले ३३ रन बनाउँदा रोहन मुस्तफाले २४ रन तथा बिलालले २० रनको योगदान गरे । नेपालका लागि गलसन झाँ, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई-दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सिरिज आफ्नो पक्षमा पार्ने योजनामा छ । नेपालका लागि यो सिरिज जितेमा घरेलु मैदानमा पहिलो दुई देशीय सिरिज आफ्नो बनाउनेछ । यता यूएई पनि आजको खेलमा जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा छ । दुई देशबीचको सिरिज १-१ को बराबरीमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्