झापा, मंसिर ४ । झापामा ४० प्रतिशतभन्दा मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो पौने २ बजेसम्म ४० प्रतिशत मत खसेको थियो । दिउँसो १२ बजेसम्म अधिकांश मतदान स्थलहरुमा सुनसान जस्तै थियो । १२ बजे पछाडि मतदान केन्द्रमा भीड बढेको जनाइएको छ । अहिले सबै मतदान केन्द्रमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिए । ६० प्रतिशतको हाराहारीमा मत खस्ने अनुमान गरिएको छ ।
जिल्लाका पाँच निर्वाचन क्षेत्रमा २८५ मतदान स्थलमा ७६६ मतदान केन्द्र रहेको छ। मेची रङ्गशाला भद्रपुर र झापा कारागारलाई अस्थायी मतदान केन्द्र तोकिएको छ। जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना रहेको उनले बताए। जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष, ३ लाख ३२ हजार २ सय ५९ महिला र अन्य ८ रहेको छ।