झापा , मंसिर ४ । झापा बिर्तामोडको देवी मावि केन्द्रमा मतपत्र च्यात्ने मतदाता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड ५ किरात चोक बस्ने ४८ वर्षिय भुपेन्द्र खतिवडा रहेका छन् । उनलाई मतदान केन्द्रबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । उनले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक मतपत्रमा मत हालेर प्रदेशसभाको प्रत्यक्षतर्फको मत च्यातेका थिए ।मदिरा सेवन गरेर खतिवडा मतदान गर्न गएका थिए । मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्