झापा, मंसिर ४ । झापाको माईधारबाट इलामको महमाईमा मतदान गर्न हिँडेका एक वृद्ध आइतवार दिउँसो मृत भेटिएका छन्।

माई–६ काबेलीटार स्थायी घर भई माईधारमा बस्दै आएका ६९ वर्षीय नरबहादुर मग्राती मगरको शव स्थानीय पैदलयात्रीले नालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। मतदानकै लागि शनिवार बिर्तामोडबाट रिजर्व बसमा गएका उनी लक्ष्मीबाँधमा ओर्लिएको जानकारी पाएको छोरा रमेश मगरले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्