झापा , मंसिर ५ । झापा निर्वाचन क्षेत्र नं ५ मा मतगणना शुरु भएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मतगणना प्रारम्भ भएको हो । हाल जम्मा ७ वटा मतदान केन्द्रको मतपत्र मिसाई गणना गर्न सुरु गरिएको जनाइएको छ ।
गौरीगञ्ज आधारभूत विद्यालय, गौरीगञ्ज(ख), गौरीगञ्ज मा.वि., गौरीगञज(ख) , गौरी आधारभूत विद्यालय, ठेकीटोला(क) , गौरी आधारभूत विद्यालय, ठेकीटोला(ख) , जनता आधारभूत विद्यालय, चिलहरा(क), खजुरगाछी मा.वि.,जुरगाछी(क) र बाणी मा.वि., गोहाबारी(ख) केन्द्रको मत मिसाएर गणना शुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ । त्यस क्षेत्रमा एमाले अध्यक्ष केपी ओली र गठबन्धनका तर्फबाट कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी मुख्य प्रतिष्पर्धी रहेका छन् ।त्यस्तै झापा ३ मा पनि मतगणना शुरु भएको छ । झापा क्षेत्र नं. ३ मा ३३९० को गणना सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।त्यहाँ गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन मुख्य प्रतिष्पर्धी रहेका छन् ।




