झापा, मंसिर ५ । झापा–४ मा प्रतिनिधिसभा सदस्यको मतगणना भइरहेको छ । पछिल्लो गणनाअनुसार यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले अग्रता बनाएका छन् ।

पछिल्लो अपडेटअनुसार ढकालले १ हजार ३४८ मत पाएका छन् । नेकपा एमालेका लालप्रसाद (एलपी) साँवा लिम्बूले १ हजार ११८ मतसहित उनलाई पछ्याइरहेका छन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेले ६३२ र स्वतन्त्र उम्मेदवार खुश्बु ओलीले १४ मत पाएका छन् ।
चुनावको मुखैमा स्थापना भएको स्वतन्त्र पार्टीले यसपटक उल्लेख्य क्षेत्रमा स्थापित दलहरुलाई चुनौती दिएको छ । जारी गणनामा स्वतन्त्र पार्टीले काठमाडौं–२ र ६, ललितपुर–३, चितवन–१, कास्की–२ र ३ र रुपन्देही–२ मा अग्रता लिइरहेको छ ।



