झापा, मंसिर ६ । झापा क्षेत्र नम्बर– २ मा नेकपा एमालेको सेट नै अगाडि रहेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा एमालेका देवराज घिमिरे १ हजार १२२ मतान्तरले अगाडि छन् । घिमिरेले ७ हजार ३२८ मत ल्याउँदा उनका निकट्तम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ६ हजार २०६ मत ल्याएका छन् । त्यस्तै माओवादीका हरि राना ३ हजार ५९५ मत ल्याएर तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले १ हजार ९७५ मत पाएका छन् ।
त्यस्तै प्रदेशसभातर्फ २(१) मा एमालेका एकराज कार्कीले फराकिलो अग्रता बनाएका छन् । उनले ४ हजार ८५० मत ल्याउँदा उनका प्रतिष्पर्धी एकीकृत समाजवादीका पुष्पराज पोखरेलले १ हजार ५५३ मत ल्याएका छन् । त्यस्तै हाम्रो नेपाली पार्टीका भक्तबहादुर भुजेलले १ हजार ९६ मत ल्याएका छन् ।
त्यसैगरी २(२) मा एमालेका चिन्तन पाठकले ७ हजार २३९ मत ल्याउँदा नेपाली कांग्रेसका खगेन्द्र मैनालीले ५ हजार ४७३ मत लयाएका छन् ।




