झापा, मंसिर ६ । झापा–४ मा शुरुदेखि नै अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाललाई नेकपा एमालेका एलपी साँवाले उछिनेका छन् ।

बिहान ६ बजेसम्म १२ हजार ४०८ मत गणना हुँदासम्म साँवाले ४ हजार २०४ मत ल्याएका छन् भने ढकालले ४ हजार १७० मत ल्याएका छन् । नेपाली कांग्रेसका देउकुमार थेबेले २ हजार ४६७ मत पाएका छन् ।



