झापा , मंसिर ६ । कास्की निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा कर्मचारीले प्रदेशसभातर्फको मतपत्र दिएको पाइएको छ ।

मतगणनाका क्रममा मंगलबार बिहान प्रतिनिधिसभातर्फको मतपेटिकामा प्रदेशसभाको मतपत्र पाइएपछि गणना रोकिएको छ । मादी गाउँपालिका वडा नम्बर ५ कार्यालयमा रहेको मतदान केन्द्रमा मतगणना भइरहँदा प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरूबीच विवाद सिर्जना भएको हो । प्रतिनिधिसभातर्फको मतपेटिकामा प्रदेशसभातर्फको ९९ मत भेटिएको हो । कर्मचारीले लापर्बाही गर्दै प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभाको दिएको दलहरूले जनाएका छन् । त्यस्तै प्रतिनिधिसभातर्फ उक्त केन्द्रमा १०४८ मत खसेकोमा १०४७ मत भेटिएको छ । त्यसतर्फ १ मत कम भए पनि विवाद भने भएको छैन । कास्की-१ मा एमालेका उम्मेदवार मनबहादुर गुरुङले अग्रता बनाइरहेका छन् ।



