झापा , मंसिर १० । झापा क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले हारेपनि समानुपातिकतर्फ पार्टीले सबैभन्दा बढी मत पाएको छ ।

प्रतिनिधिसभाका लागि झापा ३ मा कूल ८९ हजार ८४५ मत खसेको थियो । जसमध्ये ४ हजार ९२७ मत बदर भएको छ । सदर मतमध्ये कांग्रेसले सबैभन्दा बढी २५ हजार ५३५ मत पाएको हो ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ७४३ मत पाउँदा तेस्रो स्थानमा रहेको नेकपा एमालेले १९ हजार ४६० मत पाएको छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ८१२ मत पाउँदा नेकपा माओवादी केन्द्रले ७ हजार ५९५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्