झापा , मंसिर १३ । कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ ।

निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन् । जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ । यो रकम नेपाल सरकारले निकासा गरेको हो , नेपाल पुनर्बिमा कम्पनीले आफ्नो हिस्सा रकम थपेको छैन । कम्पनीहरूले पनि आफ्नो हिस्सामा पर्न आउने रकम दुई करोड २७ लाख रुपैयाँ पनि भुक्तानी गरेका छैनन् । हालसम्म नेशनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ओरियन्टल र प्रिमियर इन्स्योरेन्स कम्पनीले मात्रै आफ्नो हिस्साको रकम संघलाई भुक्तानी गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्