झापा, मंसिर १३ । फिफा विश्व कप फुटबलमा आजदेखि समूह चरणका अन्तिम खेल सुरु हुँदैछन्।
आज समूह ‘ए’ र ‘बी’ का दुई/दुई खेल हुने तालिका छ । नेपाली समय अनुसार बेलुकी पौने नौ बजे हुने खेलमा समूह ‘ए’ का इक्वेडर र सेनेगल भिड्दा सोही समयमा आयोजक कतारले नेदरल्याण्ड्सको सामना गर्नेछ । समूह ‘ए’ बाट शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । यसअघिका दुवै खेल हारेको कतारको अघिल्लो चरण प्रवेशको संभावना सकिइसकेको छ । समान ४ अंक जोडेका नेदरल्याण्ड्स र इक्वेडर तथा ३ अंक जोडेको सेनेगलमध्ये दुई टिम अन्तिम १६ मा प्रवेश गर्नेछन ्। आजै राति पौने १ बजे समूह बी का इरान र अमेरिका तथा वेल्स र इङ्ल्यान्डबीच खेल हुनेछ । यो समूहबाट चारवटै टिमको अन्तिम १६ मा पुग्ने संभावना जिवितै रहेको छ । इङल्याण्ड ४ अंकसहित शीर्ष स्थानमा छ भने इरान ३ अंकसतिह दोस्रो स्थानमा छ । २ अंकसहित अमेरिका तेस्रो स्थानमा रहँदा अन्तिम रहेको वेल्सको १ अंक छ। पोर्चुगल , ब्राजिल र फ्रान्सले एक खेल बाँकी छँदै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन् ।




