सुनसरी, मंसिर १५ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावअन्तर्गत सुनसरी–४ मा मतगणना भइरहेको छ ।

सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ ।
पछिल्लो मतगणनाको विवरण अनुसार बिहान २५ मतले अगाडि रहेका कार्कीलाई ३९ मतले उछिन्दै एमालेका कुसियैतले अग्रता लिएका छन् ।

एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार ९३१ र कांग्रेसका कार्कीले २९ हजार ८९२ मत प्राप्त गरेका छन् । अब गन्न बाँकी मत एक हजार ३५८ मात्रै रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्