झापा, मंसिर १५ । सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

सञ्चारमन्त्रीसमेत रहेका कार्की एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई पराजित गर्दै विजयी भएका हुन् । निर्वाचन आयोगले आधिकारिक रूपमा विजयी घोषणा गर्न भने बाँकी रहेको छ । सञ्चारमन्त्री कार्की कुसियैतभन्दा ११२ मत बढी ल्याउँदै विजयी भएका हुन् । उनले ३० हजार ४ सय ८३ मत ल्याए । एमाले उम्मेदवार कुसियैतले भने ३० हजार ३ सय ७१ मत प्राप्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्