झापा , मंसिर १६ । झापामा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको दमक-९ स्थित क्याम्पसमोड सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय दमकका अनुसार गएराति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१-०१-०१६प८९९ नंम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो । मृतक राईको ठेगाना भने खुलेको छैन। उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।